काठमाडौं । सञ्चारमाध्यम नेपाल प्रेसको समाचार कक्षबाटै प्रहरी नियन्त्रणमा परेका पत्रकार विश्वमणि सुबेदी रिहा भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई छाडेको हो।

प्रहरीले सुबेदीलाई नियन्त्रणमा लिएर नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन व्यापक दबाब दिएको थियो। सोही क्रममा प्रहरीले प्रधान सम्पादक मात्रिका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई समेत ब्युरोमा बोलाएर सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा प्रधान सम्पादक पौडेलले समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै स्रोत खुलाउन भने अस्वीकार गरेका थिए।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com