काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले गरेको सैन्य कारबाहीको बचाउ गर्दै होर्मुज जलडमरूमध्यबाट अहिले सात महिनाअघिको तुलनामा बढी तेल प्रवाह भइरहेको दाबी गरेका छन्।
फ्लोरिडाको डेटोनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले इरानको नौसेना र वायुसेना ध्वस्त पारिएको दाबी दोहोर्याए। उनले इरानलाई कुनै पनि हालतमा आणविक हतियार राख्न नदिने पनि बताए।
अमेरिकाले युद्ध सुरु गरेको भन्ने आरोप अस्वीकार गर्दै ट्रम्पले इरानले धेरै वर्षअघि नै युद्ध सुरु गरेको जिकिर गरे। उनका अनुसार सन् १९७९ देखि नै इरान अमेरिकाविरुद्ध युद्धमा रहेको छ।
युद्धका कारण ऊर्जा मूल्य बढेको भन्दै भइरहेको आलोचनालाई पनि उनले खारेज गरे। पेट्रोलको मूल्य आफ्ना डेमोक्र्याट पूर्ववर्ती राष्ट्रपतिहरूको कार्यकालको तुलनामा निकै कम हुँदै गएको उनको दाबी थियो।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया