काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ‘उम्किन्छु भनेर सपना नदेख्नू’ भन्दै चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै प्रधानमन्त्री शाहले साङ्केतिक रूपमा यस्तो चेतावनी दिएका हुन् । उनले आफ्नो भनाइ कसलाई लक्षित गरेर लेखेका हुन् भन्ने खुलाएका छैनन् ।

प्रधानमन्त्री शाहले लेखेका छन्, ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कुन विषय र व्यक्तिप्रति लक्षित हो भन्नेबारे भने उनले थप स्पष्ट पारेका छैनन् ।

न्युज रूमबाट पत्रकार पक्राउ परेकाे विषयमा सरकारकाे चाैतर्फी विराेधसहित जवाफदेहिताकाे खाेजी भइरहँदा शाहकाे आज साँझ याे स्टाटस आएकाे हाे ।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com