काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्दैछ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ।
आङ्देम्बेका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ दल रास्वपाको भूमिका, पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी परिचालन, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा निष्पक्ष अनुसन्धानको विषयमा छलफल हुनेछ।
प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार













प्रतिक्रिया