काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले नाम फिर्ता लिने जानकारी गराएका हुन्। समितिले उजुरीबारे छलफल गर्न बोलाएपछि भएको कुराकानीका क्रममा थापाले स्वार्थको द्वन्द्व देखिने अवस्था भए नाम फिर्ता लिने बताएको श्रेष्ठले जानकारी दिए। उनको लिखित निवेदन भने आउन बाँकी रहेको उनले बताए।

गत असोज २८ गते भएको सुनुवाइका क्रममा थापासँग जापानको स्थायी बसोबास अनुमति (पीआर) रहेको विषय उठेपछि उनको नियुक्ति प्रक्रिया रोकिएको थियो।

त्यतिबेला थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, सांसदहरूले संविधानको धारा २९१ र पीआर त्यागेको अवधिबारे प्रश्न उठाएका थिए।

विषयमा स्पष्टता खोज्न संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण मागेको थियो। त्यसको जवाफ पनि परराष्ट्र मन्त्रालयले जापानस्थित नेपाली दूतावासमार्फत प्राप्त गरेको थियो।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com