काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा बुझाएको छ ।
महामन्त्री प्रदीप पौडेलसहितको टोली सोमबार आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएको हो । महामन्त्री पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई आवश्यक कागजात हस्तान्तरण गरेका छन् ।
कांग्रेसले नयाँ कार्यसमितिको विवरणसँगै पार्टीको संशोधित विधान, महाधिवेशनबाट पारित समसामयिक राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयसमेत आयोगमा बुझाएको छ ।
यसअघि गत बिहीबार शपथग्रहण समारोहपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गर्ने जिम्मेवारी कार्यवाहक मुख्य सचिव दुलाललाई दिएको थियो ।
प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार













प्रतिक्रिया