काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लक्षित गर्दै आफू नतर्सिने टिप्पणी गरेका छन्।
थापाले सोमबार सामाजिक सञ्जालमा ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन,’ भन्दै लेखेका हुन्।
प्रधानमन्त्री शाहले शनिबार फेसबुकमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,’ भन्दै टिप्पणी गरेका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि थापाले समय उल्लेख गर्दै प्रतीकात्मक रूपमा जवाफ दिएका हुन्।
प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार













प्रतिक्रिया