काठमाडौं । हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को जग्गा सट्टापट्टा प्रकरणमा नेपाल र रिजालसहितका व्यक्तिलाई प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ सालमा कम्पनीका नाममा सुनसरी र मोरङमा रहेको ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न अनुमति दिएको थियो । इटहरीबाट विराटनगर जाने मुख्य सडकसँग जोडिएको जग्गा बिक्री गरी त्यसको सट्टामा दुर्गम क्षेत्रमा जग्गा लिइएको आरोपमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णयमा सामाजिक समितिको समेत भूमिका रहेको भन्दै अख्तियारले तत्कालीन समितिमा रहेका रिजाललाई पनि प्रतिवादी बनाएको हो । यस प्रकरणमा मालपोत कार्यालयका कर्मचारीलाई समेत प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com