काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरमा सञ्चालित जुवाखालमा छापा मारेर ९ जनालाई नियन्त्रणमा लिएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर २ निवासी खड्का रास्वपाका क्षेत्रीय सभापति समेत हुन् ।
खड्काको घरबाट उनीसहित ९ जनालाई १ लाख ६४ हजार नगदसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि मेडिकल गरेपछि जुवा ऐनबमोजिम कारबाही अघि बढाइने भएको छ ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार













प्रतिक्रिया