काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर नयाँ प्रहरी प्रमुख नियुक्त गरिएको घटनाबारे टिप्पणी गर्दै साम्पाङले यसले प्रहरी संगठनको मनोबलमा पार्ने प्रभावबारे प्रश्न गरेका हुन् ।

उनले नयाँ आईजीपी नियुक्तिमा बिचौलियाको भूमिका रहे–नरहेको विषयमा समेत चासो व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आईजीको नियुक्तिमा बिचौलियाले काम गर्‍यो कि गरेन ?’

सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com