काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।
सरकारले आफूलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेपछि कार्की बुधबार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
कार्कीको रिट निवेदन दर्ता प्रक्रियामा रहेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले बुधबारदेखि नै प्रहरी संगठनको नेतृत्व सम्हालिसकेका छन् ।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया