काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पक्राउ गर्ने उद्देश्यले नेपाल प्रहरीको विशेष ब्युरोको टोली परिचालन भएको छ ।

नेपाली कांग्रेसका सभापति थापा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेपछि त्यहाँ प्रहरीको चहलपहल बढेको छ। थापालाई पक्राउ गर्ने तयारी भइरहेको भन्ने चर्चाबीच कांग्रेस पार्टी कार्यालय आसपासको सुरक्षा गतिविधि र राजनीतिक भेटघाटलाई चासोका साथ हेरिएको छ।

इनम सापकोटासँग जोडिएको प्रकरणको अनुसन्धानका क्रममा थापालाई आजै नियन्त्रणमा लिन प्रहरी टोली परिचालन भएको स्रोतको दाबी छ।

स्रोतका अनुसार थापालाई पक्राउ गर्न विशेष ब्युरो सहितको छुट्टाछुट्टै टोली परिचालन भएको छ। थापा हाल कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रहेको र पक्राउ गर्ने उदेश्यले प्रहरी टोली परिचालन भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार विशेष ब्युरोले गत शुक्रबारदेखि नै थापाको गतिविधिमाथि निगरानी तथा रेकी गरिरहेको थियो। अनुसन्धानसँग सम्बन्धित घटनाक्रमका आधारमा आजै उनलाई पक्राउ गर्न सकिने सम्भावना रहेको स्रोतको दाबी छ।

इनम सापकोटासँग जोडिएको प्रकरणमा अनुसन्धान अघि बढिरहेका बेला कांग्रेस सभापति थापाको नामसमेत जोडेर पक्राउ तयारी भईरहेको विषयले राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com