काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा बिहीबार राति प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोप लागेका सुजन तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सस्तोमा डलर साटिदिने प्रलोभन देखाएर तामाङले लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले नियन्त्रणमा लिने क्रममा चलाएको गोली तामाङको दायाँ खुट्टामा लागेको एसएसपी घिमिरेले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया