काठमाडौं । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्रकान्त भण्डारीले नागरिकको मौलिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भण्डारीले पत्रकारलाई पक्राउ गर्ने र राति नै छाड्ने गतिविधि स्वीकार्य नहुने बताए ।

“पत्रकारलाई पक्राउ गर्ने, राति छोडिदिने भन्ने पाइन्छ, मान्छेको मौलिक अधिकार हुँदैन ? जसलाई पनि पक्राउ गर्न पाइन्छ ?” उनले भने ।

उनले इनम सापकोटासँग पार्टी सभापति गगन थापाको चिनचान नरहेको र भेटघाट नभएको बताए । सरकारले अनावश्यक गतिविधि गरिरहेको उनको भनाइ छ । “जुन सापकोटा भाइसँगको कुरा छ, न गगनजीको चिनजान छ, न कहिल्यै भेट भएको छ,” उनले भने ।

सरकारले नागरिकको जनजीविका र विद्यार्थीका समस्यामा ध्यान दिनुपर्नेमा अनावश्यक विषयको पछि लागेको उनको आरोप छ । कांग्रेसले सरकारका राम्रा काममा सहयोग गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com