काठमाडौं । तिहार बिदाको अवधिमा पनि पक्राउ पुर्जी जारी गर्ने अनुमति तथा जरुरी पक्राउ पुर्जीको स्वीकृतिका लागि उच्च अदालत पाटन, विशेष अदालत र काठमाडौं जिल्ला अदालत खुला रहने भएका छन्।

तीनवटै अदालतले शुक्रबार सूचना जारी गर्दै कात्तिक २२ देखि २६ गतेसम्म नियमित कामकारबाही बन्द रहे पनि अत्यावश्यक न्यायिक सेवा सञ्चालन हुने जनाएका हुन्।

अदालत व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७५ तथा सर्वोच्च अदालतका परिपत्रका आधारमा बिदाको समयमा पनि निश्चित सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।

शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछन्।

उच्च अदालत पाटनको सूचनाअनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम पक्राउ पुर्जी जारी गर्ने अनुमति र जरुरी पक्राउ पुर्जीको स्वीकृति वाणिज्य इजलासबाट प्रदान गरिनेछ।

यद्यपि, बिदाको अवधिमा नियमित मुद्दाको सुनुवाइ तथा अन्य न्यायिक कामकारबाही भने सञ्चालन हुने छैनन्।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com