काठमाडौं । गृहमन्त्री सुदन गुरुङ आफ्नै गृहजिल्लामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुभकामना आदानप्रदान कार्यक्रमको औपचारिक मञ्च छाडेर बाहिरिएका छन् ।

शनिबार दीपावलीको अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिन पुगेका गुरुङ मञ्चमा बसेर भाषण गर्ने परम्परागत शैलीप्रति असन्तुष्टि जनाउँदै मन्तव्य नै नराखी बाहिरिएका हुन् ।

कार्यक्रमस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेताहरू मञ्चमा बस्ने र सर्वसाधारणले तल बसेर भाषण सुन्ने परिपाटी बदल्नुपर्ने बताए ।

आफू चुनावमा सँगै खटिएका मतदाता र कार्यकर्तालाई परिवारका सदस्यसरह मानेको उल्लेख गर्दै उनले उनीहरूसँग प्रत्यक्ष भेटघाट गरेर हात मिलाउने, शुभकामना साटासाट गर्ने र समस्या सुन्ने चाहना रहेको बताए ।

‘भाषणले मात्रै देश बन्ने भए त भाषणले देश धेरै अगाडि पुगिसक्थ्यो,’ उनले भने ।

गुरुङले औपचारिक मञ्चमा सीमित भएर शुभकामना आदानप्रदान गर्नुभन्दा सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्नु उपयुक्त हुने धारणा राखे । आयोजकले आफूलाई मञ्चमा राखेर औपचारिकता पूरा गर्न खोजेपछि बाहिरिएको उनको स्पष्टीकरण थियो ।

मञ्चबाट बाहिरिएपछि उनले कार्यक्रमस्थलमै रहेका कार्यकर्तासँग हात मिलाउँदै दीपावलीको शुभकामना आदानप्रदान गरेका थिए ।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com