काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारकै मूल्यमा आज पनि सुनचाँदीको कारोबार भइरहेको छ ।

महासङ्घले सार्वजनिक गरेको मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कायम छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ रहेको छ ।

गत शुक्रबार पनि सुन प्रतितोला २ लाख ८३ हजार र चाँदी ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । दुवै धातुको मूल्यमा कुनै परिवर्तन नभएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com