जुम्ला । मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका–१ स्थित चौथामा क १ ज ००५४ नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका–१ स्थायी घर भई हाल कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका करिब ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

दुर्घटनामा घाइते भएका छ जनालाई गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएर उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका बेला जीपमा १६ जना यात्रु सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com