काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा नेपालको प्रतिनिधित्व गर्दै टर्किए प्रस्थान गरेकी छन्।

टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको सम्मेलनमा भाग लिन मन्त्री चौधरी त्यसतर्फ गएकी हुन्। सम्मेलनको दोस्रो सातामा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्।

मन्त्री चौधरीले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा उनले जलवायु परिवर्तनका कारण नेपालका हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको गम्भीर असर अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछिन्।

यस्तै जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण र हिमाली पारिस्थितिक प्रणालीको संरक्षणबारे नेपालको स्पष्ट धारणा राख्ने मन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २४ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com