काठमाडौं । दक्षिण भारतीय चर्चित संगीतकार अनिरुद्ध रविचन्दर र सनराइजर्स हैदराबादकी मालिक्नी काव्या मारन विवाह बन्धनमा बाँधिएका छन्। उनीहरूले ग्रिसमा परिवारका सदस्य र निकट साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्।

अनिरुद्ध र काव्याको विवाहलाई भारतकै महँगा विवाहमध्ये एकका रूपमा चर्चा गरिएको छ। विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न राज्यका मुख्यमन्त्रीहरूलाई निमन्त्रणा पठाइएको बताइएको थियो। यद्यपि मोदी विवाह समारोहमा सहभागी भएनन्।

विवाहको निमन्त्रणा कार्डको मूल्य प्रतिकार्ड करिब २० हजार भारतीय रुपैयाँ रहेको दाबी गरिएको छ। काव्या मारन २५ हजार करोड भारतीय रुपैयाँभन्दा बढी मूल्याङ्कन गरिएको सन ग्रुपकी उत्तराधिकारी हुन्। अनिरुद्ध पनि दक्षिण भारतीय चलचित्र क्षेत्रमा स्थापित संगीतकार हुन्।

अनिरुद्धको परिवारको दक्षिण भारतीय चलचित्र क्षेत्रसँग पुरानो सम्बन्ध छ। उनका पिता रवि राघवेन्द्र अभिनेता हुन् भने आमा लक्ष्मी रविचन्दर शास्त्रीय नृत्यसँग सम्बन्धित छिन्।

अनिरुद्धकी फुपू लता रजनीकान्तको विवाह दक्षिण भारतीय सुपरस्टार रजनीकान्तसँग भएको हो। त्यसैले रजनीकान्त अनिरुद्धका फुपाजु पर्छन्। रजनीकान्तका छोरी ऐश्वर्या र सौन्दर्या अनिरुद्धका दिदीबहिनी नाता पर्छन्।

यस विवाहलाई व्यापारिक घराना र मनोरञ्जन क्षेत्रबीचको प्रभावशाली सम्बन्धका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com