काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्।

सांसद सिंहले रास्वपा पार्टीको बालेन शाह नेतृत्वको सरकारले पाँच वर्ष पूरा गर्नुपर्ने बताए।

विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै उनले वि.सं. २०१५ मा बीपी कोइराला नेतृत्वको सरकार र २०७४ सालमा बनेको नेकपाको झन्डै दुई तिहाइको सरकारको इतिहासले सन्देश दिएको सुनाए।

उनले कसैको उक्साहटमा देशको आन्तरिक राष्ट्रियता कमजोर बनाउन नहुनेमा जोड दिएका छन्। ‘हाम्रो आन्तरिक राष्ट्रियता कसैको उक्साहटमा कमजोर बनाउने कार्य स्वीकार्य हुँदैन,’ सांसद सिंहले लेखेका छन्, ‘हामी नेपालको माटो र जनतालाई सम्झेर अगाडि बढ्नुपर्छ।’

प्रकाशित मिति: २६ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com