काठमाडौं । इरानको रिभोलुसनरी गार्ड्सले बहराइनमा तैनाथ अमेरिकी सेनाको ‘अर्ली वार्निङ राडार’ प्रणाली नष्ट गरेको दाबी गरेको छ।
इरानका सरकारी सञ्चारमाध्यमले शुक्रबार बिहान सार्वजनिक गरेको रिभोलुसनरी गार्ड्सको विज्ञप्तिमा उक्त कारबाहीबारे उल्लेख गरिएको हो।
गार्ड्सका अनुसार दक्षिणी इरानको सिरिक क्षेत्रमा मध्यरातमा भएको अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप बहराइनस्थित अमेरिकी सैन्य संरचनालाई निशाना बनाइएको हो।
विज्ञप्तिमा यस कारबाहीलाई अमेरिकाका लागि गम्भीर चेतावनीका रूपमा व्याख्या गर्दै होर्मुज जलडमरूमध्य क्षेत्रमा हवाई गतिविधि र तेल तस्करीसँग सम्बन्धित क्रियाकलाप रोक्न आग्रह गरिएको छ।
इरानले यस्ता उल्लङ्घन र आक्रमण दोहोरिएमा आफ्नो एयरोस्पेस फोर्स विश्वको जुनसुकै स्थानमा पनि जवाफी कारबाही गर्न तयार रहेको चेतावनी दिएको छ।
त्यस्तै, शत्रुको प्रभावमा परेर नियम उल्लङ्घन गर्ने कम्पनीहरूले अझ कडा कारबाही भोग्नुपर्ने चेतावनीसमेत रिभोलुसनरी गार्ड्सले दिएको छ।
प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया