काठमाडौं । कालीकोटको रास्कोट नगरपालिका–४ का वडाध्यक्ष दिनेश संज्यालले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएको विवरण सार्वजनिक भएपछि उनले नगर प्रमुखलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित संज्यालले राजीनामा पत्रमा पारिवारिक समस्या र विशेष कामका कारण रास्कोटबाहिर बस्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन्।

उनले वडा सदस्य गोविन्द बिक सुनारलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारीसमेत सुम्पिएका छन्। कार्यवाहकको जिम्मेवारी दिएको १० दिनभन्दा बढी भइसकेको र आफू तत्काल फर्कन नसक्ने अवस्था रहेकाले नैतिकताका आधारमा पद छाड्ने निर्णय गरेको उनले बताएका छन्।

संज्यालले २०८३ साउन २२ गते रास्वपाको सदस्यता लिएको भनिएको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राजीनामा दिएको उनका शुभेच्छुकहरूले बताएका छन्।

प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com