काठमाडौं । छठ पर्वका अवसरमा आगामी सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग खुला रहने भएको छ।
सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिएका छन्।
उनका अनुसार सोमबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म अन्य नियमित कार्यदिनमा जस्तै राहदानीसम्बन्धी सेवा उपलब्ध हुनेछ।
सार्वजनिक बिदाका कारण सेवाग्राहीलाई राहदानी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले पर्वका दिन पनि विभाग सञ्चालन गर्न लागिएको उनले बताए।
यद्यपि, छठ पर्व मनाउने विभागका कर्मचारीहरूलाई भने सोमबार बिदा दिइएको छ।
प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया