काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जाने व्यक्तिहरूले सरकारी खर्चमा गएको हो वा होइन भन्ने विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले यसपटक पनि कोपमा सहभागी हुन जानेहरूको लर्को लागेको उल्लेख गरेका छन्। उनका अनुसार कतिपय व्यक्ति आफ्नै खर्चमा त कतिपय विभिन्न संस्थाको प्रायोजनमा सम्मेलनमा सहभागी हुने गरेका छन्।

वातावरणका विद्यार्थीका लागि कोपमा प्रत्यक्ष सहभागी भएर हेर्न र सिक्न पाउनु उपयोगी हुने भए पनि व्यक्तिगत इच्छापूर्तिका लागि सरकारी रकम खर्च गर्न नहुने उनको भनाइ छ।

कार्कीले कोपमा सिक्न र बुझ्न सकिने विषय धेरै भए पनि निर्णय तथा छलफल प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने व्यक्तिले सम्मेलनमा नगईकनै पनि त्यसबारे जानकारी हासिल गर्न सक्ने बताएका छन्।

वातावरणका विद्यार्थी तथा सांसदसमेत भएकाले टर्कीमा जारी कोपमा सहभागी हुन आफ्ना धेरै साथीहरू पुगिसकेको र पुग्ने क्रममा रहेको आफूले देखेको उनले उल्लेख गरेका छन्।

सम्मेलनमा सहभागी हुने सबैले आफू सरकारी खर्चमा गएको हो वा व्यक्तिगत तथा संस्थाको प्रायोजनमा गएको हो भन्ने कुरा सार्वजनिक रूपमा घोषणा गर्नुपर्ने कार्कीको माग छ।

प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com