काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगा क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले पुष्टि गरेका छन्।
प्रहरीले उनको पक्राउको आधिकारिक कारण भने तत्काल खुलाएको छैन। तथापि, प्रहरी स्रोतबाट प्राप्त जानकारी अनुसार उनलाई विवादित बिचौलिया इनम सापकोटासँगको शङ्कास्पद सम्पर्क र संलग्नताको विषयलाई लिएर अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बुझिएको छ। यस घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार













प्रतिक्रिया