काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा नियम उल्लङ्घन गर्ने ४२६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष जाँचका क्रममा विभिन्न कसूरमा संलग्न चालकहरू कारबाहीमा परेका हुन्।
जसमध्ये मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१ जना, सिसीिटिभिमार्फत नियम उल्लङ्घन गर्ने ४५ जना र रातोबत्तीको पालना नगर्ने ५७ जना चालकलाई कारबाही गरिएको छ।
त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने १०८ जना, निषेध गरिएको क्षेत्रमा हर्न बजਾउने १२ जना, सवारीको अवस्था ठीक नराख्ने ८ जना र अन्य विभिन्न कसूरका १५१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार















प्रतिक्रिया