मुगु । काठमाडौंबाट रारा तालतर्फ आइरहेको बा १७ च १८६४ नम्बरको जीप दुर्घटनाका दुई जना घाइतेलाई थप उपचारका लाग सुर्खेत पठाइएको छ ।
उक्त दुर्घटनामा घाइते भएका चालक ललितपुरका कन्चन थापा र अन्जु थापालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।
जीप आइतबार मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित भिरबाट ६०० मिटर तल खसेको थियो । दुर्घटनामा परी जीपमा सवार पाँच जनामध्ये काठमाडौं कलंकीका विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापाको मृत्यु भएको थियो ।
मृतक तीनै जनाको शव जिल्ला अस्पतालमा परीक्षण भएपछि आफन्तलाई हस्तान्तरण गरिने डीएसपी थपलियाले बताए ।
- रासस
प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार















प्रतिक्रिया