काठमाडौं । भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीनै जना राजदूतले सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् ।
शपथ ग्रहण गर्नेमा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्ण रहेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
नवनियुक्त राजदूतहरूले शपथ ग्रहण गरेसँगै सम्बन्धित मुलुकमा नेपालको कूटनीतिक प्रतिनिधित्व गर्ने जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढेको छ ।
प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार















प्रतिक्रिया