काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको औपचारिक भ्रमणका लागि मंसिर ६ गते नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन्। उनको भ्रमण तालिका छोटो रहेको छ। प्रधानमन्त्री शाह भोलिपल्टै स्वदेश फर्किने भएका छन्।

निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः३० बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गर्नेछन्।

भारत भ्रमण सम्पन्न गरी उनी मंसिर ७ गते अपराह्न ४ः२० बजे नेपाल वायुसेवा निगमकै नियमित उडानमार्फत स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको दिल्ली भ्रमण करिब २७ घण्टाको हुने देखिएको छ। भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता तथा कूटनीतिक छलफललाई चासोका साथ हेरिएको छ।

 

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This