काठमाडौं । नेपालको कुल राजस्वमा २.५ प्रतिशतभन्दा बढी योगदान पुर्याउँदै आएको चौधरी ग्रुप (सीजी) र नबिल बैंकले उच्च करदाता सम्मान प्राप्त गरेको छ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक (एमडी) निर्वाण चौधरीले सामाजिक सञ्जाल मार्फत सीजी र नबिल परिवारले प्राप्त गरेको दुई उच्च करदाता सम्मानप्रति
खुसी व्यक्त गर्दै यसलाई नेपाली जनताको विश्वास, सहकार्य र राष्ट्रसेवाको अवसरको प्रतिफलका रूपमा उल्लेख गरेका छन्।
चौधरीले नेपाललाई योगदान गर्न पाउनु आफ्नो परिवार र संस्थाका लागि गौरवको विषय भएको उल्लेख गर्दै कर्मचारी, सेवाग्राही तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा वस्तु व्यापारको कारोबार गर्ने करदातामध्ये बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सीजी इम्पेक्स प्रालिलाई सम्मानपत्र प्रदान गरेको छ।
नेपालको राजस्व संकलनमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहँदै आएको सन्दर्भमा सीजी र नबिलको कर योगदान तथा प्राप्त सम्मानलाई निजी क्षेत्रको आर्थिक सहभागिता र व्यावसायिक जिम्मेवारीसँग जोडेर हेरिएको छ।
प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार















प्रतिक्रिया