काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको प्रतिनिधित्व बढाउने उद्देश्यसहित ४० वर्षमुनिका २० जना युवालाई महाधिवेशनबाटै केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्ने प्रस्ताव अघि सारेको छ।

प्रस्तावअनुसार केन्द्रीय कार्यसमितिमा १० जना पुरुष र १० जना महिलाका लागि छुट्टै व्यवस्था गरिनेछ। यसका लागि पार्टीको विद्यमान विधान संशोधन गर्ने तयारी भइरहेको राप्रपाका एक नेताले जानकारी दिएका छन्।

पार्टी नेतृत्वमा नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्नुका साथै युवामाझ सङ्गठनको आकर्षण बढाउने लक्ष्यसहित अध्यक्ष राजेन्द्र लिङ्देनले यो प्रस्ताव अघि सारेका हुन्।

यसअघि राप्रपाले ‘नवीन राप्रपा’ कार्ययोजनामार्फत खुला प्रतिस्पर्धाका आधारमा ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा समेटेको थियो। तर, आगामी महाधिवेशनबाटै विधानमा व्यवस्था गरेर युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने पार्टीको योजना छ।

प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएमा राप्रपाको केन्द्रीय नेतृत्वमा युवा र महिलाको सहभागिता थप संस्थागत हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com