काठमाडौं । निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट मानव बम अध्यक्षमा निर्वाचित भएका छन्। वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनमा कर्णाली प्रदेशभरका निर्माण व्यवसायी, प्रतिनिधि तथा महासंघका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नवनिर्वाचित अध्यक्ष मानव बम पूर्व कर्णाली प्रदेश महासचिव, बसना निर्माण सेवाका निर्देशक तथा कालिकोट जिल्ला रास्कोट नगरपालिका निवासी हुन्।लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय बम संगठनभित्र अनुभवी, समन्वयकारी तथा व्यवसायीहरूको साझा आवाजका रूपमा परिचित छन्। अधिवेशनअघि उनले अध्यक्ष पदका लागि आफ्नो बलियो उम्मेदवारी प्रस्तुत गरेका थिए, जसलाई निर्माण व्यवसायीहरूले प्रतिस्पर्धात्मक र अर्थपूर्ण रूपमा लिएका थिए।

निर्वाचनमा विजयी भएपछि अध्यक्ष बमले निर्माण व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण, पारदर्शी र उत्तरदायी नेतृत्व, संस्थागत सुदृढीकरण तथा कर्णालीका निर्माण व्यवसायीहरूले भोगिरहेका साझा समस्याको समाधानलाई आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बमका अनुसार कर्णाली प्रदेशका सबै जिल्लाका निर्माण व्यवसायीलाई एउटै सूत्रमा आबद्ध गर्दै महासंघलाई अझ सशक्त, प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए। साथै सार्वजनिक खरिद प्रक्रिया सुधार, निर्माण सम्पन्न भइसकेका आयोजनाको समयमै भुक्तानी, नीतिगत सुधार तथा व्यवसायीका विभिन्न समस्याको समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै काम गर्ने योजना पनि अघि सारेका छन्।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com