काठमाडौँ ।  नेपाल रेडक्रस सोसाइटीले संस्थाका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिसम्बन्धी थप उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उजुरी तथा गुनासो अध्ययन–छानबिन समितिका संयोजक डा. दीपेश घिमिरेले संस्थामा सुशासन, पारदर्शिता र जवाफदेहिता सुदृढ गर्न तथ्य र प्रमाणसहित उजुरी संकलन अभियान सञ्चालन गरिएको जानकारी दिए। यसअघि दिइएको ३५ दिने अवधि सकिएपछि थप २० दिनको समय थपिएको र आगामी भदौ ३ गतेसम्म उजुरी दर्ता गर्न सकिने उनले बताए।

रेडक्रसका अनुसार उजुरी इमेल, निःशुल्क हटलाइन नम्बर ११३० तथा ह्वाट्सएप नम्बर ९७४१६९५०९७ मार्फत पठाउन सकिनेछ। उजुरीकर्ताको पहिचान गोप्य राखिने तथा प्राप्त सबै सूचना निष्पक्ष, स्वतन्त्र र गोपनीय ढंगले अध्ययन तथा छानबिन गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com