काठमाडौं । गण्डकी प्रदेशको कास्कीस्थित मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएका छन्।
उनीहरू माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जंगलमा बाटो बिराएर अलपत्र परेको आशंकामा प्रहरीले खोजी अभियान तीव्र बनाएको छ। तीनै जनाको मोबाइल फोन बन्द रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू मर्दी हिमालको हाई क्याम्पबाट फर्किने क्रममा सम्पर्कविहीन भएका हुन्। खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार












प्रतिक्रिया