काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १,१७३ सवारीसाधनलाई कारबाही गरेको छ।
कार्यालयका अनुसार सबैभन्दा बढी ८०४ सवारीसाधन अन्य ट्राफिक कसुरमा कारबाहीमा परेका छन्।

त्यसैगरी, सीसीटीभीमार्फत ८०, रेड लाइट उल्लङ्घन गर्ने ५५, लेन मिच्ने ४४, अनावश्यक हर्न बजाउने ४१, वनवे उल्लङ्घन गर्ने ३५, प्राविधिक अवस्था ठीक नभएका १८, तीव्र गतिमा चलाएका १० र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका ६ जनामाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सडक अनुशासन कायम गर्न नियमित निगरानी, सीसीटीभी अनुगमन र ट्राफिक चेकिङलाई थप प्रभावकारी बनाइएको बताए।

उनले सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तोकिएको लेन प्रयोग गर्न, रेड लाइट उल्लङ्घन नगर्न तथा सुरक्षित र जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com