काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटका ४१ वर्षीय मनोहर मुडभरी, बाजुराका २६ वर्षीय अनिल मल्ल, कास्कीकी ३४ वर्षीया कमला पौडेल सुनार र पाँचथरका ४१ वर्षीय तुलसीराम ढुंगेल रहेका छन्।

प्रहरीका अनुसार मनोहरले मौरिसस पठाइदिने भन्दै एक जनाबाट ३ लाख ५० हजार, अनिलले कम्बोडिया पठाइदिने भन्दै ८ लाख ८४ हजार, कमलाले रोमानिया पठाइदिने भन्दै ६ लाख र तुलसीरामले यूएई पठाइदिने भन्दै ६ लाख रुपैयाँ लिएपछि सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com