काठमाडौं । प्रहरीले सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंको भद्रकालीबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–१२ का ४१ वर्षीय प्रेम थापा रहेका छन्। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनले करिब २ करोड ७३ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।
थापाले विभिन्न अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी गराउने गरेको प्रहरीको भनाइ छ। उनीविरुद्ध सट्टेबाजी र क्रिप्टोसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार













प्रतिक्रिया