काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यासको अभाव नहुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।
संघका अनुसार भारतबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको छ भने उद्योगहरूले पनि नियमित रूपमा सिलिन्डर रिफिल गरी बजारमा पठाइरहेका छन्। पछिल्लो समय ग्यासको आयातसमेत बढेकाले तत्काल आपूर्ति समस्या हुने अवस्था नरहेको संघले जनाएको छ।

नेपाल आयल निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिकटन एलपी ग्यास आयात भएको छ। चालु आर्थिक वर्षको साउनमा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो। बजारमा मागअनुसार ग्यास उपलब्ध गराउन निरन्तर प्रयास भइरहेको जनाउँदै संघले घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न व्यवसायीलाई समेत आग्रह गरेको छ।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com