काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्ज उपमहानगरपालिका–२० का वडा अध्यक्ष कौशल कुमार धोवीसहित पाँच जनाविरुद्ध सरकारी कागजात हेरफेर गरी गैरकानुनी लाभ लिन खोजेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अनुसन्धानका क्रममा जग्गा कारोबारसम्बन्धी झुट्टा करारनामा तयार गरी वडा कार्यालयको दर्ता किताब र सरकारी कागजातमा पछि हेरफेर गरिएको खुलेको अख्तियारले जनाएको छ। आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार सजायको माग गरेको छ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com