काठमाडौं। पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका थप तीन नेपाली आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ।
किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजमार्फत नेपाल ल्याइएको हो। उनीहरूको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिनेछ।
साउन १४ गते ब्रड पिकमा हिमपहिरोमा परी ६ नेपालीसहित १० जनाको मृत्यु भएको थियो। पुरबहादुर गुरुङको शव यसअघि नै नेपाल ल्याएर अन्त्येष्टि गरिसकिएको छ भने निर्मल पुर्जाको अन्त्येष्टि बेलायतमा गरिनेछ। नवाङ थिन्डु शेर्पाको शव भने भौगोलिक कठिनाइका कारण अझै निकाल्न सकिएको छैन।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया