काठमाडौं । हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना सात दिनभित्र हटाउन सम्बन्धित जग्गाधनीलाई सूचना दिएको छ।
आयोजनाको स्वीकृत नक्सा तथा लेआउटअनुसार ए, बी र डी ब्लकबीच ६ मिटरको सडक निर्माण तथाभेल्पा ढलान गर्नुपर्ने भएकाले सडकको सीमाभित्र पर्ने संरचना हटाउन भनिएको हो।
ललितपुर महानगरपालिका–१५ मेल्याले मंगलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र संरचना नहटाए आयोजना आफैंले हटाउने र सम्बन्धित व्यक्तिविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाउने चेतावनी दिइएको छ।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया