काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका दुर्गा प्रसाईं र डा. धवलशम्शेर राणाबीच मतभेद चर्किएको छ। प्रसाईंले धवलशम्शेरले राजसंस्था नै नचाहेको आरोप लगाउँदै उनको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।
धवलशम्शेरले दरबार हत्याकाण्डबारे दिएको अभिव्यक्तिले राजसंस्थालाई कमजोर बनाउने प्रसाईंको दाबी छ।

उनले आफ्नो प्रस्तावित पार्टीभित्रै ‘सीआईए पसेको जस्तो’ लागेको टिप्पणी गर्दै राणाहरु नेपालमा प्रभावशाली रहँदासम्म राजसंस्था पुनःस्थापना हुन नसक्ने दाबी गरेका छन्।

प्रसाईंले पार्टी दर्ताको विषयमा पनि धवलशम्शेर पक्षले हतार गरेको बताएका छन्। पछिल्लो विवादले दुई नेताबीचको प्रस्तावित राजनीतिक सहकार्यमा समेत प्रश्न उठेको संकेत देखिएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com