काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टीको जग बलियो हुनुअघि नै संरचना ठूलो बनेको बताएका छन्। अब पार्टीलाई सुरक्षित र बलियो बनाउने जिम्मेवारी आफूहरूको काँधमा रहेको उनले बताए।

युवा दिवसको कार्यक्रममा उनले रास्वपाले परिणाम दिन नसके ‘युवाहरू अनुभवहीन हुन्छन्’ भन्ने घातक भाष्य बन्न सक्ने भन्दै युवाहरू सक्षम छन् भन्ने प्रमाणित गर्नुपर्ने बताए।
उनले रास्वपा अब ‘वैकल्पिक शक्ति’ मात्र नभई देशको ‘निर्विकल्प शक्ति’ बन्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com