काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको सभापति शेरबहादुर देउवा नै रहेको दाबी गर्दै अब कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका छन्।

करिब पाँच महिनापछि स्वदेश फर्किन लागेका पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका कोइरालाले कांग्रेसभित्र देखिएको विवाद अब समाधान हुँदै जाने दाबी गरे।

कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलाका संयोजकसमेत रहेका कोइरालाले आफूहरूको मुख्य उद्देश्य पार्टीलाई विभाजनतर्फ नभई एकताबद्ध बनाएर अघि बढाउनु रहेको बताए।

उनले कांग्रेसमा एकताको वातावरण निर्माण गर्न आफूहरू निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै अब पार्टी थप एकताबद्ध हुने विश्वास व्यक्त गरे।

संस्थापन इतर पक्षले शुक्रबार काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। उक्त भेलाको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com