काठमाडौं । साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा विमानस्थलबाट बाहिरिएका छन् ।
समर्थक र प्रहरीको स्कर्टिङबीच उनी विमानस्थलबाट बाहिरिएका हुन् ।
विमानस्थल गेटबाट बाहिरिएपछि उनले आफ्नो स्वागतका लागि पुगेका समर्थकलाई सनरूफ (गाडीको छतमा खोल्न वा स्लाइड गर्न मिल्ने सिसा/प्यानल)बाट निस्किएर अभिवादन गरे । उनी सनरुफबाट निस्कँदा पानी परिरहेको थियो ।
पानी परिरहँदा उनको स्वागतका लागि बाक्लो संख्यामा समर्थक विमानस्थल परिसरमा भेला भएका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया