काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले मुलुकमा पुनः सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताएका छन्।
स्वास्थ्योपचारपछि हङकङ हुँदै स्वदेश फर्किएलगत्तै विज्ञप्ति जारी गर्दै देउवाले आफू सत्ता वा शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता थप सुदृढ बनाउन नेपाल फर्किएको बताएका हुन्।
देउवाले २०३३ सालमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी तथा प्रजातान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने समय आएको सन्देश दिएको स्मरण गरेका छन्।
उनले अहिलेको परिस्थितिसमेत त्यस्तै महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै लामो समयपछि मुलुकमा राष्ट्रिय एकतालाई मजबुत बनाउन सर्वपक्षीय एकताको आवश्यकता देखिएको बताएका छन्।
‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाले विज्ञप्तिमा भनेका छन्।
उनले बीपी कोइरालाको स्वदेश फिर्तीको प्रसंग उल्लेख गर्दै अहिले पनि मुलुकका सबै पक्ष एक ठाउँमा उभिएर राष्ट्रिय एकता मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।


प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया