काठमाडौं । पछिल्लो समय अमेरिका तथा युरोपमा लोकप्रिय खेल ‘पिकलबल’ नेपालमा समेत लोकप्रिय बन्दै गएको छ । शनिबार काठमाडौको चण्डोल स्थित बिशाल मिलन केन्द्रको खेल मैदानमा पिकलबल एसोसिएसन नेपालको सहयोगमा विशाल मिलन केन्द्रले आयोजना गरेको डेमोशेसन कार्यक्रममा विभिन्न स्कुल/कलेज सहित विभिन्न क्लबका खेलाडीहरु सहभागी थिए ।

पिकलबल एशोसियसन नेपालको डेमोशेसन कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौं महानगर वडा नं ४ का वडाध्यक्ष दिनेश महर्जनले ‘पिकलबल ‘ खेल नेपाल जस्तो देशमा सम्भावना बोकेको बताउदै उनले आफ्नो वडास्तर बाट पुर्ण सहयोग गर्ने बताए ।

यसैगरी पिकलबल एसोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले बिशाल मिलन केन्द्रसँग सहकार्य गर्न पाउनुले पिकलबलको बिकाश र प्रबर्द्धनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए। कार्यक्रमका सभापति एबं विशाल मिलन केन्द्रका अध्यक्ष हरि अधिकारीले पिकलबल खेल विशाल मिलन केन्द्रमा भित्राउन पाउँदा खुशीको अनुभुती भएको बताउदै पिकलबल खेलको बिकाश र प्रबर्द्धनमा पिकलबल एसोसिएसन नेपाल सङ्ग सदैब सहकार्य गर्ने बताए।

पिकलबल एशोसियशन नेपालका प्रमुख प्रशिक्षक कुमार प्रधानले डेमोसेसन कार्यक्रममा उपस्थित नयाँ खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए । ‘पिकलबल’ प्रति नयाँ खेलाडीहरुको आकर्षण समेत बढ्दै गएको देखिन्छ ।

 

 

प्रकाशित मिति: २३ पुस २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com