काठमाडौं । युवा उद्यमी विजय कँडेलले काठमाडौंको बालुवाटारमा नयाँ फेसन स्टुडियो सञ्चालनमा ल्याएका छन्। शिवपुरी स्कुलको अगाडि स्थापना गरिएको ‘पर्पल स्टुडियो’ को शनिबार औपचारिक उद्घाटन गरिएको हो।
स्टुडियोको उद्घाटन कार्यक्रममा गायक कमल खत्री, अभिनेत्री तथा मोडल मेलिना मैनाली, एथोस ब्यान्ड तथा अजय एसजेबीसहित विभिन्न क्षेत्रका कलाकार, अतिथि, शुभेच्छुक र ग्राहकहरूको सहभागिता थियो।
पर्पल स्टुडियोमा महिला तथा पुरुषका लागि लक्षित विभिन्न डिजाइनका पहिरन, झोला, स्यान्डललगायत फेसन तथा जीवनशैलीसँग सम्बन्धित सामग्री उपलब्ध हुने सञ्चालक कँडेलले जानकारी दिए।
गुणस्तरीय फेसन सामग्रीलाई तुलनात्मक रूपमा सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याइएको कँडेलको भनाइ छ। ग्राहकको रुचि र आवश्यकताअनुसार विविध डिजाइन तथा सामग्री उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए।
कँडेल यसअघि काठमाडौंको स्वयम्भूस्थित हलचोकमा ‘सिंगल ट्री क्याफे’ सञ्चालन गर्दै आएका छन्। युवामाझ परिचित उक्त क्याफेको अनुभवपछि उनले आफ्नो व्यवसायलाई फेसन तथा जीवनशैलीको क्षेत्रमा समेत विस्तार गरेका हुन्।
व्यवसायसँगै पछिल्लो समय सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय रहँदै आएका कँडेलले आफ्नो उद्यमशील यात्रालाई थप फराकिलो बनाउने क्रममा पर्पल स्टुडियो सञ्चालनमा ल्याएको बताए।
स्टुडियोले महिला तथा पुरुष दुवैका लागि आधुनिक फेसनका विविध विकल्प उपलब्ध गराउने जनाएको छ।
प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार













प्रतिक्रिया