काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘कठपुतली’ र ‘असंवैधानिक’ सरकारको संज्ञा दिएका छन् । सरकारले देशलाई गलत दिशातर्फ अघि बढाइरहेको आरोप लगाउँदै ओलीले कृत्रिम र अनधिकृत ढंगले सरकार गठन गरेर निर्वाचनका नाममा नाटक गरिएको दाबी गरे ।

उनले प्रतिनिधिसभाको कार्यकाल बाँकी रहँदै संसद् विघटन गरी नयाँ संसद् खोजिनुको उद्देश्य आफूअनुकूलको संसद् निर्माण गर्नु रहेको बताए ।

ओलीले शासन सञ्चालनका लागि अनुभव, दक्षता र राजनीतिक सीप आवश्यक पर्ने उल्लेख गर्दै ‘नयाँले गर्नुपर्छ, पुरानाले हुँदैन’ भन्ने नाममा अनुभवी व्यक्तिलाई पन्छाउँदा देशले समस्या भोग्नुपरेको जिकिर गरे । अनुभव नभएका व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिइँदा सरकार सञ्चालनमै कठिनाइ देखिएको उनको भनाइ थियो ।

वर्तमान जनप्रतिनिधिको क्षमता र अनुभवमाथि समेत प्रश्न उठाउँदै ओलीले उनीहरूको भूमिकाबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । संविधानलाई सही बाटोमा फर्काउन र लोकतान्त्रिक प्रक्रियालाई पुनः व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए ।

संविधान मिचिएको आरोप लगाउँदै ओलीले संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थालाई सही दिशामा अघि बढाउने जिम्मेवारी आफूहरूको रहेको बताए । प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक सरकारले निर्वाचनको नाममा नाटक गरिरहेको उनको आरोप थियो ।

आफूहरूमाथि राजनीतिक रूपमा नियन्त्रण कायम गर्ने प्रयास भए पनि त्यसलाई स्वीकार नगरी अघि बढिरहेको ओलीले बताए ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com